नेपाली लोक संगीतको बजारमा यतिबेला एक पछि अर्को गर्दै तिजका भाकाहरु गुन्जिन थालेका छन् । अहिलेको प्रतिष्पर्धात्मक बजारमा मालति डिजिटल प्रा.लि.को प्रस्तुतीमा इन्दिरा गैरेको अत्यन्तै रमाइलो तीज गीत ‘जुल्फी लर्काउंदै’ सार्वजनिक भएको छ । गीतकार शरद पाण्डेको शब्द, गायिका इन्दिरा गैरे र श्याम के.सी.को संगीत रहेको गीतमा गायिका इन्दिरा गैरे र बिरु घर्ती मगरको स्वर रहेको छ भने राज केसी र सुदिक्षा न्यौपानेको दमदार अभिनय देख्न सकिन्छ, तीजको दिनमा आफ्नो मायालुलाई पाउनका लागि ब्रत बसेको र पोहोरको तीजमा नजर जुधेपनि बोल्न नसकेको जस्ता कुराहरु समाबेश गरी गीत रोचक तरिकाले प्रस्तुत गरिएको छ, अविरल फिल्मसको छायांकनमा निर्माण भएको भिडियोलाई विष्णु भट्टराईले निर्देशन गरेका हुन् । गीतको भिडियो हेर्न लिंक क्लिक गर्नुहोस्
इन्दिरा र विरुको तीज कोशेली ‘जुल्फी लर्काउदै’
