२०७५ बैसाख ३,काठमाण्डौ
संगित बिधामा आफु एकल यात्रीका रुपमा स्थापित भएको महसुस गायक दानीको रहेको छ । मौलिक पन र भेषभुषाका गितहरु गाउदै आउनु भएका गायक राम बहादुर दानीले दर्जनौ गितहरुको शब्द संगित र स्वर दिइ सकेका छन । तर आफ्नै लगानीमा दुइवटा गितका मात्र भिडियो सार्वजनि गरेका छन गायक दानीले । शुदुरपश्चिमको मौलिक पन बोकेको ठट्यौली देउडा गित बाँठ्या पौँणो बजारमा सार्वजनिक भएको एक महिना भित्रै अर्को प्रदेशी दाजु भाईहरुको यथार्थ पिडामा आधारित ठाडी भाका खाडी बग्या आँसु नामक गित भिडियो सहित सार्वजनिक भएको छ । वर्षेनी बेरोजगारका कारण खाडी मुलुकको चर्को घामसंग जुध्न बाँधय भएका नेपाली दाजु भाईहरुको पिडालाई यथार्थ रुपमा शब्दमा बुनेर गायक दानीले खाडी बग्या आँसु नामक ठाडी भाकाको गित भिडियो सहित सार्वजनिक गरेका छन । गायक दानीले आफै शब्द संगित र स्वर दिएको उक्त गितको डाइरेक्सन र सम्पादन मिन रावलले गर्नु भएको छ भने, सो गितमा छायाङ्कन डि.वी.रौलेले गर्नु भएको छ । उक्त गितमा शेर साँउद, दिपा तिवारी र दिर्घ शाही (कमिडी राजा) ले अभिनय गर्नु भएको छ । गितको भिडियो शुन्दर शुदुर–पश्चिमको धनगढीमा सुटिङ कार्य सम्पन्न भएको थियो । सेती महाकाली म्युजिक प्रा.लि.द्धारा गित बजारमा सार्वजनिक भएको गायक दानीले बताए । खाडी मुलुकको चर्को घाममा पसिना वगाई रहेका दाजुभाईहरुको पिडामा आधारित उक्त गितमा घरमा एक्लो जिवन विताईरहेको श्रीमतिको अपार माया,आमा बुवा,दिदी वहिनी र छर छिमेको माया र बिछोडका कुराहरुको बिशेषतः चित्रण गरिएको पाइन्छ ।

तपाईको प्रतिक्रिया