काठमाडौं । पन्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्ड गोरखापत्र दैनिककी पत्रकार कविता थापाले जितेकी छन् ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा शनिबार आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” समारोहमा थापालाई अवार्ड प्रदान गरिएको हो।
यो अवार्डका लागि पाँच महिला पत्रकारको नाम मनोनयनमा परेको थियो । सो मध्येबाट थापा उत्कृष्ट भएकी हुन् ।
कार्यक्रममा प्रतिनिधि सभा सभामुख देवराज घिमिरे र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का लगायतको उपस्थितिमा ८ विधामा उत्कृष्ट फोटो पत्रकारहरूलाई अवार्ड प्रदान गरिएको थियो ।