काठमाण्डाै – राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकमा सहमति हुन नसकेका विषयहरू शीर्ष नेतृत्वसँगको छलफलबाट टुङ्ग्याउने भएको छ ।

सिंहदरबारमा आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडाले शीर्ष नेतृत्वसँग छलफल गरेर सहमति हुन नसकेका विषयहरू टुङ्गो लगाउने जानकारी दिनुभएको हो । विधेयकलाई टुङ्गोमा पुर्‍याउन गठित उपसमितिको प्रतिवेदनमाथिको छलफल आज सकिएको छ ।

विधेयकलाई समितिबाट पास गर्ने तयारीका साथ प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समितिमा बोलाइए पनि दुवै जना उपस्थित हुनुभएन । सभापति खतिवडाले विधेयकमा धेरैजसो सहमति भएको भन्दै विधेयकलाई विवादित नहुनेगरी पारित गर्ने दाबी गर्नुभयो ।

विधेयकमा कर्मचारीकाे ‘कुलिङ पिरियड’, ट्रेड युनियन, अतिरिक्त सचिव लगायतका विषयमा टुङ्गो लगाउन बाँकी छ ।

तपाईको प्रतिक्रिया