काठमाडौं, ६ बैशाख । आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
आजको सो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजे देखी सुरू हुनेछ । यसअघि तीनवटा खेलमा लगातार जीत हासिल गरेको नेपाल आज चौथों जीतका लागि मैदानमा उत्रन लागेको हो ।
नेपालले पहिलो खेलमा युएईलाई डकवर्थ लुईस पद्धति (डिएलएस) का आधारमा ५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाइ ८ विकेटले पराजित गर्दै दोस्रो जीत हासिल गरेको थियो ।
गत बुधबार भएको तेस्रो खेलमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेर नेपाल आज अफगानिस्तानसँग भिडन आइपुगेको हो ।
लगातार तीन खेलमा जीत हासिल गरेकाे नेपाल ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । याे सँगै यस चरणमा याे नेपालकाे अन्तिम खेल हुनेछ ।