विराटनगर । नारी दिवसको अवसर पारेर आयोजना गरिएको ‘ गल्स अन ह्विल’ प्रतियोगिताको प्रतीक्षा अधिकारी र सावित्री ढकाल विजेता घोषित भएकी छिन् । विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरको सिटी प्यालेशमा शनिबार राती सम्पन्न भएको गल्स अन ह्विलको फस्ट रनअप नम्रता शर्मा र सुजता शर्मा तथा सेकेण्ड रनरअप रिंकी धनावत र स्वेता तोदी घोषित भएकी छिन् । प्रतियोगिताको विजेता हुनेले नगद ६० हजारलगायतका विभिन्न गिफट ह्याम्पर प्राप्त गरेका थिए भने प्रतियोगिताको फस्ट रनअप र सेकेण्ड रनअपले क्रमश ४० हजार र २५ हजार नगदसहित गिफ्ट ह्याम्पर पाएक थिए । प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा ६० वटा स्कुटरको सहभागि रहेको विराटनगर प्राइम राउन्ट टेबलका अध्यक्ष भास्कर सोनीले जानकारी दिए । प्रतियोगितामा सहभागिले १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तिरेका थिए । ‘प्रतियोगितामा भाग लिने प्रतियोगिहरुको लागि विराटनगरको १० वटा स्थान तोकिएको थियो । उक्त स्थानमा प्रतियोगिहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क दिएको थियो । हरेक केन्द्रका लागि अलग अलग संकेत र टास्कहरु रहेको थियो । यसरी पूरा गरिएका टास्कका आधारमा सहभागि प्रतियोगिहरुले नम्बर प्राप्त गरेका थिए । सोही नम्बरकै आधारमा प्रतियोगिहरुबाट बिजेता घोषित गरिएको थियो । विजेता हुने प्रतियोगिहरुलाई नोवेल क्यान्सर अस्पतालकी डा. बन्दना पौडेल, संस्थाका अध्यक्ष भास्कर सोनी पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा मनोञ्जनत्मक कार्यक्रहरु रहेको थियो । कार्यक्रममा स्त्री ब्याण्डले सास्कृतीक कार्यक्रम र न्यूक्लिियर डान्स ग्रुपले मनोर१जन प्रदान गरेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फोहोर पानी व्यवस्थापनमा महानगरलाई जाइकाको साथ
पोखरा महानगरपालिकाले फोहोर पानी व्यवस्थापनसम्बन्धी गुरुयोजना तयार पारेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), ...
मानगढ खानेपानी आयोजना : पुनः निर्वाचन गराउन उच्च अदालतको आदेश
विराटनगर २७ फागुन । उच्च अदालत विराटनगरले विराटनगरको मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनका लागि पुनः निर्वाचन गराउन...
श्रम तथा रोजगार सम्मेलन : आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई सफल बनाउने प्रतिबद्धता
काठमाण्डौ – आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई सफल बनाउन आवश्यक रणनीति,कार्यनीति र कार्यक्रम तय गरी कार्यान्वयन गर्ने प्रत...
लिभरपुललाई हराउदै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
काठमाडौँ । लिभरपुल युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पिएसजीसँग पेनाल्टी ...
देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो- प्रधानमन्त्री ओली
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोम...
पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित
विराटनगर । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह सम्प...