फागुन ।२५।कानेपोखरी
कानेपोखरी गाउँपालिकाकाे आयाेजनामा तथा लुथरन कल्याण समाजकाे सहयाेगमा ११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०८१ विभिन्न कार्यक्रम गरी सम्पन्न भएकाे छ ।कानेपोखरी गाउँपालिका वडा न ५ भाैसावारीमा रहेकाे कार्यलयकाे प्राङ्गणमा पदमा कार्कीकाे अध्यक्षतामा स‌चालन भएकाे कार्यक्रम गापा अध्यक्ष सरकार प्रमुख राजमति ईङनामकाे प्रमुख आतिथियता रहेकाे थियाे भने अतिथिहरुमा औरेक बाट खेम कुमारी दाहाल लुथरणकाे गाेपाल साेरेन पार्टीका महिला प्रतिनिधी तथा वडा न ३का वडा अध्यक्ष गाेपाल ब कार्की र सबै वडाका महिला वडा सदस्यहरुकाे आतिथियता रहेकाे थियाे । प्रमुख अतिथि पालिका अध्यक्ष राजमति ईङनामले दिप प्रज्वलन गरेर कार्यक्रम समुदघाटन गर्नु भएकाे थियाे ।

औरेकका खेम कुमारी दाहालले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे बारे ओचित्व प्रस्ट्याउनु भएकाे थियाे । साथै कानेपाेखरी २ दलेलीका २ श्रमिक महिलाहरु रिता कुमारी राउत र गिता शाहलाई सम्मान पत्र सहित नगदले सम्मान गर्नु भएकाे छ । त्यसैगरी वडा न ३ ४ र ५ वडाका श्रमिक महिलाहरुलाई समेत प्रेाेतसाहन स्वरुप सम्मान पत्रले सम्मान गरेका थिए । उहाहरु काेही व्यवसाहिक त काेही पशुपालन केही मिल काेही सिलाई वुनाई गरेर श्रम गरेवापत परिवारलाई सहयाेग गर्दै आएकाेमा सम्मानित हुनु भएकाे हाे ।

११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा कविता वाचन कुर्सी दाैड प्रतियाेगिता कार्यक्रम गराईएकाे थियाे । जसमा प्रथम, दाेस्राे तेस्राे ,हुने लाई नगद रु २५००, २००० र १५००काे दरले पुरस्कार दिनु भएकाे थियाे । कार्यक्रमकाे शाेभा सन्थालजातीकाे नाचले झन राेचक र मनाेर‌न्जनात्मक भएकाे थियाे । लगभग १हजार महिलाहरु सहभागी रहेकाे कार्यक्रम राजकुमारी तामाङकाे स‍चालन रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया