काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेलहरु सकिएसँगै च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पुरा भएको हो । च्याम्पियन्स ट्रफीको समुह ए बाट भारत समुह विजेता र दक्षिण अफ्रिका उपविजेता हुदै सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

अब सेमिफाइनलमा भारतको सामना अस्ट्रेलियाविरुद्ध हुने छ भने न्यूजील्याण्डको सामना दक्षिण अफ्रिकासँग हुने भएको छ । पहिलो सेमिफाइनल खेल भारत र अस्ट्रेलियाबीच मंगलबार दुबईमा हुने छ भने दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रीकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुने छ । च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुने छन् ।

तपाईको प्रतिक्रिया