विराटनगर १७ फागुन । नेपाल पत्रकार महासंघ मोरङले शुक्रबार बनभोज कार्यक्रमको आयोजना गरेको छ । विराट मेडिकल कलेज टिचिङ अस्पतालसँगको सहकार्यका विराटनगर १९ ऋषिमोहन पार्कमा महासंघले बनभोज कार्यक्रमको आयोजना गरेको हो ।
कोशी प्रदेशका सांसदहरु अमृत अर्याल, भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापामगर, विराट मेडिकल कलेज टिचिङ अस्पतालका निर्देशक डा. निकिता कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरिक्षक नारायण चिमरिया, शसस्त्रका प्रहरी उपरिक्षक राजेश घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर खरेल, कोशी प्रदेश अध्यक्ष भरत खड्का, विराट मेडिकल कलेजका कानुनी सल्लाहकार काँशी चुँडाल, पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठक, उपाध्यक्ष तथा बनभोज कार्यक्रमका संयोजक सन्तोष सिग्देलले हरेक दिन संचारकर्ममा व्यस्त बन्ने पत्रकारका लागि बनभोज कार्यक्रम एकापसमा रमाइलो गर्ने, सवैजना एक जुट हुने अवसर हुने बताउनुभयो ।
विराट मेडिकल कलेजका निर्देशक डा. कार्कीले पत्रकार महासंघसँगका सदस्यहरुको क्षमता विकास लगायतका काममा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रकारहरुले नृत्य, म्युजिल चेयर, हाउजी खेलेर मनोरञ्जन लिएका थिए । म्युजिकल चेयरमा बब्लुता शाक्य प्रथम हुनु भएको थियो । हाउजीमा विनोद सुवेदीले हाउसफुल गर्न सफल हुनु भएको थियो । कार्यक्रममा एक दर्जन बढी पत्रकारहरुले आफु भित्र रहेका प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ‘लाज शरणम’ चलचित्रका कलाकारहरु सागर लम्साल ‘बले’, कुमार कट्टेल ‘जिग्री’, हरिश निरौला ‘कक्रोज’को उपस्थिति रहेको थियो । चलचित्रको प्रर्बद्धनका लागि विराटनगर आएको टोली महासंघको बनभोज कार्यक्रममा सहभागि भएको थियो ।
नेपाल पत्रकार महासंघले ४ वर्षपछि बनभोज कार्यक्रम को आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया