✍️ राकेश मण्डल

सुनवर्षी-८ हरिश्चन्द्रगढी,मोरङ

 

केही पैसा कमाउन मजबूर हुन्छ केटा

घर चलाउन आफ्नै घरबाट दुर हुन्छ केटा

उमेर नपुग्दै घरको जिम्मेवारी थपिएपछि

पढाइ छोडी सहर गएर मजदुर हुन्छ केटा

 

कसैले हेरि नहालोस् भनेर कहिल्यै रुँदैन

तर मनमा पीडा लुकाएको भरपुर हुन्छ केटा

छोरीलाई त सबैले लक्ष्मी स्वरूप भन्छन

तर कसैले यो भन्दैन कि कोहीनुर हुन्छ केटा

तपाईको प्रतिक्रिया