विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा विकेभिएम र राइजिङ नेपाल विजयी भएको छ ।
पहिलो खेलमा विकेभिएम स्कुलले शिक्षादपि स्कुललाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको शिक्षादीपले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ८६ रन बनाएको थियो । शिक्षादीपकोलागि नितेश लाभले सर्वाधिक १५ रनको योगदान दिए । विकेभिएमका प्लेयर अफ म्याच हार्दिक रेग्मीले ३ विकेट लिए ।
८७ रन को सामान्य लक्ष्य पछ्याएको विकेभिएमले १० दशमलव ४ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । विकेभिएमका विविेक यादवले सर्वाधिक २३ रनको योगदान दिए शिक्षादीपका नितेश लाभले १ विकेट लिए ।
दोस्रो खेलमा राइजिङ नेपाल स्कुलले बुढानिलकण्ठ स्कुललाई १ सय ४० रनको विशाल अन्तरले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको राइजिङ नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७९ रन बनाएको थियो । राइजिङलागि अरमान खानले सर्वाधिक ३८ रनको योगदान दिए । बुढानिलकण्ठका डेविट थापा र कृष्ण पासवानले २–२ विकेट लिए ।
१ सय ८० रनको विशाल लक्ष्य पछ्याएको बुढानिलण्ठले ९ दशमलव ४ बलमा सवै विकेट गुमाई ३९ रनमा सिमित भयो । बुढानिलकण्ठका प्रसिश खडकाले सर्वाधिक १४ रनको योगदान दिए । राइजिङका प्लेयर अफ म्याच रेहान शेखले ५ विकेट लिँदा आमिर आलमले ४ विकेट लिए ।
विकेभिएम र राइजिङ नेपाल विजयी
