काठमाडौं– गायक सिताराम पोखरेलले भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्या पारेर अर्थात प्रमिस डेको दिन पारेर आफ्नो नयाँ रोमान्टिक गीत ‘मधुमास’ सार्वजनिक गरेका छन् । यो यूगल गीतमा गायक पोखरेललाई गायिका मिलन नेवारले गायनमा साथ दिएकी छिन् ।

राहुल प्रधानद्वारा संगीतबद्ध षे गीतका शब्द कवि सन्तोष कुमार पोखरेलले रचना गरेका हुन् । संगीतकार प्रधानले नै यो गीतमा संगीत संयोजन गरेका छन् ।

ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको यो रोमान्टिक गीतको म्युजिक भिडियोमा एसराज गराच तथा साक्षी लम्सालले अभिनय गरेका छन् । सुव्रत आचार्यद्वारा निर्देशित यो गीतको भिडियोलाई उत्तम हुमागाईँले छायांकन गरेका छन् ।

शिलन लम्साल यो गीतका सम्पादक हुन् । जया शर्मा क्रिएटिभ डाइरेक्टर रहेको यो गीतको भिडियोको अवधारण पनि निर्देशक आचार्यले नै तयार पारेका हुन् ।

तपाईको प्रतिक्रिया