ललितपुर । चौथो संस्करणको ‘स्पेस एण्ड डिजाइन एक्स्पो–२०२५’ मा नली शाक्य तथा प्रमिषा लामिछाने विजेता बनेका छन् । क्याफे थिमतर्फ प्रमिषा तथा थेसिस थिमतर्फ नली विजेता चुनिएका हुन् । एक्स्पोमा थेसिसतर्फ सानुमाया बानिया दोस्रो र दुर्गादेवी पौडेल तेस्रो घोषित हुँदा क्याफेतर्फ जिनिषा महर्जन दोस्रो, रोशन लामिछाने तेस्रो भए । इन्टेरियर डिजाइनर्स एसोसियसन नेपाल (आइडिया नेपाल) का पूर्व अध्यक्ष सानु राजा शिल्पकार, विन्द्रा कक्षपति प्रधान तथा आइडिया नेपालका वर्तमान उप–अध्यक्ष उषा रायमाझी र महासचिव रामगोपाल तन्डुकार, गायक उदय सोताङ, समाजसेवी सुरबहादुर श्रेष्ठ लगायतले विजेतलाई पुरस्कार वितरण गरे ।
कार्यक्रममा दर्शकको रोजईको भोटमार्फत थेसिस श्रेणीतर्फ निभाश श्रेष्ठ र क्याफे डिजाइनतर्फ प्राची ठाकुरले पब्लिक चोईस अवार्ड जित्न सफल भए । ‘स्पेस एण्ड डिजाइन एक्स्पो–२०२५’ को निर्णायकमा क्याफेतर्फ मुकेश महर्जन र रीजु महर्जन र थेसिसतर्फ रञ्जन प्रजापती र जरिना बज्राचार्य रहेका थिए । आईआईएफटी स्कूलअफ फेसन एण्ड इन्टेरियर डिजाइनका विद्यार्थीहरुले शनिबार थेसिस र इन्टेरियर डिजाइनका अवधारणा समेत प्रस्तुत गरे । ललितपुरको जावलाखेमा आयोजित चौथो ‘स्पेस एण्ड डिजाइन एक्सपो’ मा आईआईएफटीका ४६ जना विद्यार्थीले इन्टेरियर डिजाइनको महत्व उजागर उजागर समेत गरेका थिए । जसमा मानिसको जीवनशैलीमा प्रत्यक्ष प्रभाव पार्नुका साथै जनचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।
वरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधानको अध्यक्षता, राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत प्रमुख अतिथि रहेको कार्यक्रमका अतिथिहरुले आईआईएफटीका विद्यार्थीको सिर्जना अवलोकन गर्दै इन्टेरियर डिजाइन अहिले जीवनशैली जस्तै भइसकेको धारणा राखे ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य बस्नेतले कार्यक्रममा कुनैपनि विशेष बिषयको जनसत्ती अभाव रहेको हाम्रो देशमा स्पेस एण्ड इन्टरियल डिजाइनहरुको प्रतिस्पर्धा गराएर ब्यवस्थित तथा आनन्दायी संरचना निर्माणमा यस स्कुलले महत्वपुर्ण योगदान पुर्याएको बताए । ‘बिगतमा यस्तो अध्यायनका लागि विदेशिनु पर्ने बाध्यता थियो’, उनले अगाडि भने ‘अहिले आईआईएफटी स्कुलले यस्तो पाठ्यक्रममा पढाई गराएकोले बिद्यार्थीले शुलभ र सस्तोमा अध्यायन गर्न पाएँ ।’ यसले अध्यानका नाममा विदेशी पैसाको समेत रोकथाम गरेको उनले धारणा राखेका थिए ।
विद्यार्थीहरूका लागि मात्र नभई इन्टेरियर डिजाइन क्षेत्रमा संलग्न सम्पूर्ण नवप्रतिभालाई व्यावसायिक जगतसँग जोड्दै सर्वसाधारणलाई समेत यस बिषयमा जानकारी दिन स्पेस एण्ड डिजाइन एक्सपो पब्लिक प्लेसमा आयोजना गरिएको आईआईएफटीका म्यानेजिङ डाइरेक्टर फुपु तेन्जिङ शेर्पाले बताए । उनले यस्ता क्रियाकलापले विद्यार्थीहरूको सिर्जनालाई व्यावसायिकतर्फ अघि बढाउने उद्देश्य रहेको छ । प्रदर्शनीमा थेसिस श्रेणी र क्याफे डिजाइन श्रेणी गरि दुई श्रेणीमा बिभाजन गरि जम्मा ४६ ओटा मकप डिजाइनहरु प्रदर्शित गरिएका थिए ।
विगत लामो समयदेखि फेसन र इन्टेरियर डिजाइनको अध्यापन गराउँदै आएको आईआईएफटी ललितपुरको कुमारीपाटी, काठमाडौंको बागबजार प्लाजा र हेरिटेज प्लाजामा रहेको छ । डिजाइनिङ अध्यापनमा आईआईएफटीले नेपालमा छुट्टै पहिचान बनाएको छ । नेपालकै एक नम्बर फेसन तथा इन्टेरियर डिजाइन एकेडेमीका रुपमा स्थापित आईआईएफटीले सयौँ फेसन डिजाइनरहरु उत्पादन गरिसकेको छ ।