विराटनगर ÷ गंगाबहादुर–धनमाया स्मृति प्रतिष्ठानले विद्यार्थीलाई न्यानो कपडासहित स्टेशनरी सामग्री वितरण गरेको छ । प्रतिष्ठानले खोटाङ जिल्लाको दिप्रुङ–चुइचुम्मा गाउँपालिका वडा नम्बर ४ इँजारास्थित श्री राम्चे निकेतन माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालयमै पुगेर न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष कवि एवं पत्रकार मीनकुमार नवोदितले जानकारी दिए । कक्षागत परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन स्वरुप स्टेशनरी सामग्री प्रदान गरिएको थियो । १ देखि १० कक्षासम्म अध्ययन गर्ने रोल नम्बर ५ सम्मका ५० जना विद्यार्थीलाई कापी, कलम र पेन्सिल प्रदान गरिएको अध्यक्ष नवोदितले जानकारी दिए । कार्यक्रममा अध्यक्ष नवोदितसहित प्रतिष्ठानका उपाध्यक्ष रेवन्त श्रेष्ठ, कोषाध्यक्ष बब्लुता शाक्य, सदस्य हीरा श्रेष्ठ, मीना श्रेष्ठ, रीना श्रेष्ठ, भानु श्रेष्ठ, मीना श्रेष्ठ, पूर्ण श्रेष्ठलगायत पदाधिकारी र सदस्यहरुले उक्त सामग्री वितरण गरेका थिए । सोही अवसरमा विद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको थियो । विद्यालयको पुस्तकालयका लागि प्रतिष्ठानका अध्यक्ष नवोदितले विभिन्न विधाका १५ थान पुस्तक प्रधानाध्यापक ईश्वर लम्साललाई प्रदान गरेका थिए । प्रतिष्ठानले हरेक वर्ष सो विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गर्दै आएको छ । आफूले प्रारम्भिक शिक्षा लिएको विद्यालयका भएका कारण सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु प्रोत्साहित होउन् भनेर विगतदेखि नै न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गर्दै आएको नवोदितले बताए ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद महोत्सव गर्दै
विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव – २०८१ आयोजना गर्ने भएको छ। आज विराटनगर स्थित ...
प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिन मेयर कोइरालाको आग्रह
विराटनगर ÷ विराटनगरस्थित भानु कलेजले पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार विशेष समारोह आयोजना गरेर कलेजले विभ...
महानगरको सडक सौन्दर्यकरणका लागि सिद्धार्थ बैंकको सहयोग
विराटनगर ÷ विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जार...
जेनिथ इन्टरनेशनल कलेजद्वारा शिक्षासेवी पोखरेल सम्मानित
विराटनगर÷ विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले शिक्षासेवी प्राध्यापक कृष्ण पोखरेलसहित कलेजका शिक्षकलाई सम्मान गरेको छ ।...
काम गर्दै पढाई हुने वातावरण बनाउनुपर्छः टिकाराम पुरी
विराटनगर । प्याब्सनका पूर्व अध्यक्ष टिकाराम पुरीले नेपालमा काम गर्दै पढ्ने वातावरण बने विदेश पलायन यूवा शक्ति पलायन हुने...
मूर्ति सेलाउँदा डुबेर बेपत्ता प्रअको छोराको शव १४ घन्टा पछि फेला
सञ्जय मिश्रा रौतहट २३ माघ। रौतहटको पूर्वि भेग राजदेवी नगरपालिका छेउ बागमती नदीमा सरस्वतीको मुर्ती विसर्जन गर्ने क्रममा ...