काठमाण्डाै – भुटानको आरटीसी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

धरान रङ्गशालामा आज भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले आरटीसी क्लबलाई ७–० गोलले हरायो । चर्च ब्वाइजका समिर तामाङ र अर्मान्ड बेदोङ्गले ह्याट्रिक तथा पदम भट्टराईले १ गोल गरे ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि न्युरोड टिम (एनआरटी) क्लब र भारतको यूके एफसी खेल्दैछन् । प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार माघ २६ गते हुनेछ ।

२५औं संस्करणको बुढासुब्बा गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया