विराटनगर । विराटनगर–५ मा रहेको मदरल्याण्ड एकाडेमीले सरस्वती पूजाको अवसरमा भजन किर्तन प्रतियोगिताको आयोजना गरेको छ ।
स्कुल प्राङग्मा सोमबार राती सम्पन्न भएको भजन किर्तन प्रतियोगिताको उपाधि पोखरियाको राम जानकी आम समुहले जितेको छ । त्यस्तै पञ्चेश्वर भजन कीर्तन मण्डलीले दोस्रो तथा लक्ष्मीनारायण भजन मण्डलील तेस्रो भयो । विजेताले नगद २१ हजार, दोस्रो हुनेले नगद १६ हजार र तस्रो हुनेले नगद ११ हजार नगद सहित पुरस्कार पाएका थिए । भजन किर्तन प्रतयोगितमा चौथौदेखि छैठो स्थानसम्म हुनेलाई सान्त्वना पुरस्कार नगद ४ हजार तथा सहभागि अरु सवै टोलीलाई ३ हजार नगद पुरस्कार दिएको प्रिन्सिपल मोहन बुढाथोकीले जानकारी दिए ।
भजन किर्तन प्रतयोगितको निणार्यकमा माधव शरण घिमिरे, सत्यनारायण चौधरी र मणिराज दाहाल रहेका थिए । भजन किर्तन प्रतयोगितमा विराटनगरका ३२ वटा भजन किर्तन टोली भहभागि रहेको थियो । भजन किर्तन प्रतयोगित सम्पन्न गर्न करि १ लाख ३८ हजार खर्च भएको स्कुलले जनाएको छ । सोही अवसरमा जेष्ठ नागरिक सम्मान तथा स्कुलका शिक्षक, कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।
कार्यत्रबmममा सांस्कृतिक कार्यक्रम नृत्य, गायन, तेक्वान्दो , परेड सो, र्याम्प वकलगायतले उपस्थि अथिथि तथा अभिभावकलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।
विजेतालाई कोशी प्रदेशका साँसद भीम पराजुली, स्कुल व्यवस्थापन समितकी अध्यक्ष गिता गौतम र स्कुलका प्रिन्सिपल मोहन बुढाथोकीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।