विराटनग र विराटनगर –८ हाट्खोलामा अवस्थित ग्रेडेड स्कुलले सरस्वती पूजा र बसन्त पञ्चमी विशेष पर्वका रुपमा पूजा आरधाना गरी मनाएको छ ।

आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन भएकाले सरस्वतीको पूजाआरधाना गरेको हो ।

नयाँ विद्यार्थीहरुको आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजैका दिन अभिभावकले आफ्ना स–साना छोराछोरीलाई अक्षराम्भ गराउँदै विद्यालयमा भर्ना गराएका छन् । सुभ अवसरमा भर्ना भएका विद्यार्थीहरुलाई विद्यालयले निशुल्क भर्ना गरेको बिद्यालयका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया