काठमाण्डौं ।
हामी र हाम्रो कृति समाज ले शनिवार साहित्यकार कपिल किशोर घिमिरे को कृति ’तरङ्ग’ मुक्तकसङ्ग्र लोकार्पण गरेको छ । संस्थाको १९औँ कृतिको रूपमा सो पुस्तकको लोकार्पण भएको छ ।
हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन प्रसाद नेपाल ले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको आसनमा वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल, लोकार्पित कृति ’तरङ्ग’ मुक्तकङ्ग्रहका समीक्षक प्रखर राजनीतिक विश्लेषक, वरिष्ठ समालोचक तथा इतिहासविद् प्रा.डा. गोबिन्द मानसिंह कार्की, विमोचित कृतिका कृतिकार कपिल किशोर घिमिरे, विशिष्ट अतिथिको आसनमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, हातेमालो साहित्य संगमका केन्द्रीय अध्यक्ष एवं मुक्तक अभियन्ता सुनिल अधिकारी, साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराई, साहित्यकार मधुसुदन पाण्डेय, वरिष्ठ साहित्यकार एवं सङगीतकार सन्तोष श्रेष्ठ र कृतिकारको जीवन संगिनी यमुना कुमारी घिमिरे लगायतले कृतिको लोकार्पण गर्नुभएको थियो ।
हामी र हाम्रो कृति समाजका सचिव बद्री उप्रेतीले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रमको सञ्चालन साहित्यकार भुवन शिवाकोटी चौघरे ले गर्नु भएको थियो । आज विमोचित कृतिमा २७६ वटा मुक्तकहरू छन् । हरेक मुक्तकहरूलाई न्याय हुनेगरी लोकार्पित कृतिका समीक्षक प्रा. डा. गोविन्द मानसिंह कार्कीले बडो उत्कृष्ट तरिकाले व्याख्या र विश्लेषण गर्नुभएको थियो । करिब ७० जना साहित्यकाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित हुनुभएका सर्जकहरूमध्यबाट नम्रता उप्रेती, विष्णु थापा ‘विछोड’, भुवन सिवाकोटी चौघरे, सुनिल अधिकारी, दुर्गा किरण तिवारी, मानन्धर अभागी, लब खड्का, बद्री उप्रेती,र मीना चौलागाईँज्यूहरूले विमोचित कृतिबाट मुक्तक वाचन गर्नुभएको थियो भने पूर्ण बहादुर श्रेष्ठ ‘हृदयङकृत’, सुनिल अधिकारी, राधेश्याम लेकाली, विजयध्वज थापा, मधुसुदन पाण्डेय, यमुना कुमारी घिमिरे, ज्ञानुवाकर पौडेलज्यूहरूले शुभकामना मन्तव्य दिनुभएको थियो ।
अन्त्यमा कार्यक्रमका सभाध्यक्ष मदन प्रसाद नेपाल ले प्रमुख अतिथि ज्ञानुवाकर पौडेललाई मायाको चिनो प्रदान गर्नु भएको थियो भने सभाध्यक्ष र प्रमुख अतिथि दुबैको तर्फबाट लोकार्पित कृतिका समीक्षक प्रा. डा. गोविन्द मानसिंह कार्की र कृतिकार कपिल किशोर घिमिरेलाई मायाको चिनो प्रदान गरिएको थियो । सभाका सभाध्यक्षले विमोचित कृतिका कृतिकारलाई शुभकामना तथा बधाई दिँदै संस्थाको आगामी कार्यक्रमको बारेमा प्रकाश पार्नुका साथै कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गराउन उपस्थित हुनुभएका सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै सभा विसर्जन भएको जानकारी गराउनु भएको थियो ।