महेश भट्टराई / काठमाण्डू, २०८१ माघ ११ गते शुक्रबार । माओवादी केन्द्रको विद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी) ले आगामी माघ १२ गते देशभर निर्वाचनको घोषणा गरेको छ ।
अखिल (क्रान्तिकारी) को आसन्न निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी नेता अभिमन्यु यादवले केन्द्रिय उपाध्यक्ष (मधेसी) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले सम्मेलनका सम्पूर्ण विद्यार्थी प्रतिनिधिहरुलाई आफ्नो पक्षमा मतदान गर्न अपिल गर्दै भने, ‘तपाईंहरूको समर्थनले मात्र परिवर्तन सम्भव छ । नयाँ नीतिअनुसार, नेतृत्व पनि नयाँ पुस्ताले सम्हाल्नुपर्छ ।’ यादवले भने, ‘म अखिल क्रान्तिकारीलाई फेरि सडकको बाघ बनाउन चाहन्छु ।’ शिक्षा क्षेत्रमा हुने भ्रष्टाचार, व्यथितिहरू विरुद्ध तथा शिक्षाको नाममा हुने लूटलाई सडकबाट प्रतिवाद गर्ने आफ्नो प्राथमिकता रहेको उनले बताए । उनले समाजवादी शिक्षा स्थापनाका लागि संघर्ष जारी राख्ने बताएका छन् । उनी २०६५ सालदेखि सिरहा जिल्लाबाट मा. बि. कमिटि, विराटनगरको महेन्द्र मोरङ क्याम्पसको अध्यक्ष हुदै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका छन् ।
‘‘ २०६५ सालदेखि सिरहा जिल्लाबाट मा. बि. कमिटी, विराटनगरको महेन्द्र मोरङ क्याम्पसको अध्यक्ष हुँदैं विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका यादवले नोबेल मेडिकल कलेजको चर्को शुल्क विरुद्ध विद्यार्थीहरूको १ महिने लामो आन्दोलन, केपी ओलीले गरेको संसद विघटन र प्रतिगमन विरुद्धको आन्दोलन, एमसीसी विरुद्धको आन्दोलन, महेन्द्र मोरङ क्याम्पसकी छात्राको कपि लुकाईएको विरुद्धको आन्दोलन, विराटनगरको होस्टेलमा छात्राहरु माथि भएको दुर्व्यवहार विरुद्धको आन्दोलनको नेतृत्व गरेका छन् । ’’
अखिल (क्रान्तिकारी)का निवर्तमान केन्द्रीय सदस्य उनी विद्यार्थीहरूको हक अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएका यादव कुशल वक्ता तथा रणनीतिक नेताका रूपमा परिचित छन् । विराटनगरको नोबेल मेडिकल कलेजको चर्को शुल्क विरुद्ध विद्यार्थीहरूको १ महिने लामो आन्दोलन, केपी ओलीले गरेको संसद विघटन र प्रतिगमन विरुद्धको आन्दोलन, एमसीसी विरुद्धको आन्दोलन, महेन्द्र मोरङ क्याम्पसकी छात्राको कपि लुकाईएको विरुद्धको आन्दोलन, विराटनगरको होस्टेलमा छात्राहरु माथि भएको दुर्व्यवहार विरुद्धको आन्दोलन लगायत विभिन्न विद्यार्थी आन्दोलनलाई नेतृत्व गरेका उनी क्रान्तिकारी विद्यार्थी नेताका रुपमा आफूलाई उभ्याउन सफल भएका छन् । यसै सन्दर्भमा यादवले सरकारी कलेजमा विधि स्थापना, शिक्षा क्षेत्रमा सुशासन तथा समाजवादी दृष्टिकोणलाई स्थापित गर्नका लागि आफ्नो उम्मेदवारी महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।
विद्यार्थी राजनीतिमा पूर्वका धरोहरका रूपमा रहेका अभिमन्यु यादव, आफ्नो अनुभव र क्षमताका आधारमा अत्यधिक मतले विजयी गराउन सम्पूर्ण मतदातालाई अनुरोध गरेका छन् ।