काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे समूह ‘बी’ काे खेलमा काेशी प्रदेशले मधेश प्रदेशलाई ४७ रनले हराएकाे छ ।
कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेट गुमाएर ५९ रनमात्र बनाउन सक्यो । मधेशकी प्रतिमा शाहले सबैभन्दा धेरै १७ रन बनाइन् । मधेशका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । काेशीकी रुबिना क्षेत्रीले ३ विकेट लिइन् ।
यसअघि धनगढीकाे फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोशीले २० ओभरमा ५ विकेट गुमाएरु १ सय ६ रन बनायो । कोशीकी कप्तान रुबिना क्षेत्रीले ५७ रन बनाइन् । मधेशकी प्रतिमा शाहले २ विकेट लिइन् ।
यो जितसँगै कोशी ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातार २ खेल हारेको मधेश पुछारमा छ ।
प्रतियोगिताको समूह ‘ए’ बाट सशस्त्र प्रहरी बलको एपीएफ र सुदूरपश्चिम प्रदेश ‘सुपर फोर’ मा पुगिका छन् । ‘सुपर फोर’ मा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।