विराटनगर । मोटोरोला कम्पनीको मोबाइलको नयाँ मोडल लन्च भएको छ । विराटनगरको पुरानो इलेक्ट्रोनिक सामान बिक्री गर्ने हाजी स्टोरले विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै मोबाइल लन्च गरेको जानकारी गराएको हो । हाजी स्टोरका सञ्चालक खुर्सिद आलमले चौधरी ग्रुपले नेपालमा मोटोरोला कम्पनी लन्च गर्न लागेको र विराटनगरका लागि आधिकारिक डिस्ट्रिब्युटर हाजी स्टोर रहेको जानकारी दिनुभयो ।

आज जी ४५, जी ६४ र जी ८५ सिरिजका मोबाइल लन्च गरिएको खुर्सिदले बताए । जी ४५ सिरिज मोबाइलको २४ हजार ९९९ मूल्य रहेको छ भने ५० मेगापिक्सलको क्यामेरा, १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । ब्याट्री आवर पाँच हजार एमएच रहेको छ । यस्तै जी ६४ सिरिज मोबाइलको मूल्य ३० हजार ९९९ रहको छ भने ५० मेगापिक्सल क्यामेरा, १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र ब्याट्री आवर ६ हजार एमएच रहेको छ ।
जी ८५ सिरिज मोबाइलको मूल्य ३७ हजार ४९९ र ३४ हजार ४९९ रहेको छ । जसमा ५० मेगापिक्सल क्यामेरा, ब्याक क्यामेरा ३२ मेगापिक्सल र ब्याट्री आवर पाँच हजार एमएच रहेको छ । १ महिना पछि कम्पनीबाट सरल किस्ताबन्दीमा फोन उपलब्ध हुने हाजी स्टोरका अर्का सञ्चालक जमसेद कमरले जानकारी दिनुभयो । हाजी स्टोर मोटोरोला कम्पनीको आधिकारिक विराटनगरको विक्रेता समेत भएको सो अवसरमा जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया