काठमाण्डू :  नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँका दरले बढाइएको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ, डिजेल र मट्टितेल १५६ रुपैयाँ कायम भएको छ । निगमका अनुसार भारतबाट मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य बढाइएको हो । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा प्रतिलिटर २.२४ र डिजेलमा ३.५५ रुपैयाँले मूल्य बढेर आएको जनाइएको छ ।

योसँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको छ ।

 

 

तपाईको प्रतिक्रिया