महेश भट्टराई/झोराहाट :   मकर सन्क्रान्तिको अबसर पारेर विराटनगर प्राइम राउण्ड टेबल १० ले विराटनगर महानगरपालिका वडा नं. १९ घिनाघाट चौकस्थित पञ्चकन्या आ. विद्यालयका ११५ जना बढि बालबालिकालाई न्यानो अभियान अन्तर्गत जाडामा तातो हुने स्विटर वितरण गरिएको छ। माघ १ गते मंगलबार बिहान १० बजे विद्यालय पुगेर ती संस्थाका अध्यक्ष भास्कर सोनी लगायतका प्रतिनिधीहरुले स्विटर वितरण गरेका हुन् । आज माघे सन्क्रान्ति वा माघी पर्वमा सरकारि बिदा भए पनि शिक्षक र बालबालिकाहरु समयमै विद्यालयमा पुगेका थिए ।

 

 

 

आगामी दिनमा पनि यसै गरि साथ र सहयोग रहिरहे यस वडाकै नमुना विद्यालय बनाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज जमरकट्टेलले  बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि जितु बहितीले यो देश निर्माण गर्ने बालबालिकाहरुलाई जाडामा पढ्न समस्या रहेकोमा अब खासै समस्या नहुने बताउनु भयो । साथै थप विद्यालयको अनुरोधमा थप कार्यक्रम गर्दै जाने बताउनु भयो । सहयोगी संस्था विराटनगर प्राइम राउण्ड टेबल १० का सबै प्रतिनिधिलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज जमरकट्टेलले खादा लगाएर स्वागत गर्नु भयो भने कार्यक्रममा बोल्दै अध्यक्ष जमरकट्टेलले हाम्रा बालबालिकाहरु ९५ प्रतिशत दलित सुकुम्बासी त्यो पनि खोला किनारमा बस्ने छन् एक सरो लुगा मात्रै लगाएर आउछन् कति चप्पल पनि लगाउदैनन् सहयोग गरिदिनु पर्यो भनेको थिए तर यति छिटै वितरण गरिदिनु भएकोमा विद्यार्थीलाई सहयोग गर्ने संस्था विराटनगर प्राइम राउण्ड टेबल १० प्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि यसै गरि साथ र सहयोग रहिरहे यस वडाकै नमुना विद्यालय बनाउने अपेक्षा समेत पूरा गर्न सहज हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया