विराटनगर÷ विराटनगर–८ मधुमारास्थित बाल्मिकी सेकेण्डरी बोर्डिङ स्कुलले खेलकुद प्रतियोगितासहित विभिन्न कार्यक्रम आयोजना गरेको छ । पाठ्यक्रमको अध्ययनसँगै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विविध कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । स्कुलले साप्ताहिक कार्यक्रमअन्तर्गत दौड प्रतियोगिता, ब्यालेन्स रेस, स्लो साइकल रेस, म्युजिकल चेयर, म्याथ रेसलगायतका प्रतियोगिता गरेको थियो । त्यस्तै विद्यार्थीहरुको बोल्ने कलाको विकासका लागि वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको स्कुलकी प्रधानाध्यापक सावित्री पराजुलीले जानकारी दिनुभयो । विद्यालयले हरेक वर्ष कविता, वादविवाद, वक्तृत्वकला, चित्रकला, खेलकुद प्रतियोगितालगायतका विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको पराजुलीले बताउनुभयो ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
२०८१ साल पौष २९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिन...
निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीको स्वास्थ्य जाँच
विराटनगर ÷ नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य च...
इटहरीमा कविता सङ्ग्रहको गृह विमोचन
इटहरी कविता सङ्ग्रह ‘जब कविता जुलुसमा निस्कन्छ’को गृह विमोचन भएको छ । शनिबार क्यानभास साहित्य समाजको आयोजनामा सङ्गीत साध...
प्रजातन्त्र सेनानी संघ कोशीमा मोहनलाल
विराटनगर ÷ नेपाल प्रजातन्त्र सेनानी संघ कोशी प्रदेशको अध्यक्षमा मोहनलाल महतो निर्विरोध निर्र्वाचित भएका छन् । विराटनगरमा...
आर्थिक संकट मोचनको लागि सात बुदे सहमति : उपसभापति गुरुङ
मोरङ,२७ पौष । देशमा देखिएको आर्थिक संकट मोचनका लागी नेपाली काङ्ग्रेस र एमाले बीच सात बुदे सहमति भएको नेपाली काङ्ग्रेसका ...
परदेशीको यथार्थतालाई लक्षित गर्दै गोबिन्द गौतमको “भिसा हातैमा” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । स्थायी घर रामेछाप भएर हाल काठमाण्डौमा रहँदै नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल कलाकार हुन् गोबिन्द गौतम ...