सेयर बजार परिसूचक (नेप्से) मा लगातार दोस्रो दिन पनि वृद्धि भएको छ । बिहीबार नेप्से ४.६३ अंकले बढेर २५८६.२३ बिन्दुमा पुगेको छ ।
कारोबार रकममा पनि वृद्धि भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । बिहीबार ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार तीन अर्ब ५९ करोडको कारोबार भएको थियो । बिहीबार ३१५ कम्पनीको १ करोड ८६ हजार ७०५ सेयर खरिद बिक्री भएको छ ।
बिहीबार १५६ कम्पनीको सेयर बढेको छ भने ७७ कम्पनीको सेयर घटेको छ । ११ वटा कम्पनीको सेयर स्थिर रहेको छ ।
न्यादी हाड्रोपावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसको मूल्य १० प्रतिशतले उकालो लागेको छ ।
यसैगरी विकास बैंकको सेयर सबैभन्दा कारोबार बढेको छ । विकास बैंकको परिसूचक २।४० प्रतिशतले बढेको हो ।