मोरङ ,११ पुस ः कोशी प्रदेशका मुख्यमन्त्री एवं मोरङ वुढीगंगा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपति हिक्मतकुमार कार्कीले विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेललाई चार बर्षका लागि नियुक्त गर्नु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज एक समारोहको आयोजना गरी मुख्यमन्त्री कार्कीले उपकुलपति पोखरेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो । शपथ ग्रहण समारोहमा सामाजिक विकास मन्त्री एवं सहकुलपति पाँचकर्ण राई, विश्व विद्यालयकाका पदाधिकारी,कर्मचारीहरुको सहभागिता रहेको थियो । कोशी प्रदेश सरकारको हालैको बसेको मन्त्रिपरिषदको वैठकले दुहवी नगरपालिका वडा नं ५ निवासी पोखरेललाई पुनः चार वर्षका लागि नियुक्त गरेको हो ।

तपाईको प्रतिक्रिया