विश्व ध्यान दिवसको अबसरमा नुवाकोटको लिखु गाउपालिका र दुप्चेश्वर गाँउपालिकामा योग तथा ध्यान सिविर सम्पन्न भएको छ । दुबै स्थानमा गरेर लगभग ३०० जना व्यक्तिले दैनिक कसरी योग तथा ध्यान गर्ने भनेर प्रशिक्षण लिनु भएको थियो । कार्यक्रममा प्रशिक्षक द्वय होमनाथ आचार्य र विन्दा आचार्यले योग र ध्यानको वारेमा स्पस्ट पार्दै योग र ध्यान गर्ने कला सिकाउनु भएको थियो । लिखु गाँउपालिकामा भएको कार्यक्रमा पालिका अध्यक्ष ध्रुव श्रेष्ठ र प्रसाशकिय प्रमुख अशोक विष्टले योग, ध्यान तथा धार्मिक पर्यटनको महत्वको वारेमा प्रकाश पार्नु भएको थियो । अहिले सर्ने भन्दा नसर्ने रोगहरु मुटु, किड्नी, क्यान्सर, प्रेसर, सुगरले समाज आक्रान्त भएको ले योग ध्यान तथा प्राणयामको विकल्प नभएको कार्यक्रममा उहाँहरुले बताउनु भएको थियो । यसैगरी दुप्चेश्वर गाँउपालिकामा समाजसेवी तथा दुप्चेश्वर क्याम्पस प्रमुख राम प्रसाद अधिकारिको सकृयतामा यो सिविर सम्पन्न भएको थियो । पालिका अध्यक्ष संकर बहादुर थापा पनि कार्यक्रममा सरिक हुनु भएको थियो । कार्यक्रम ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनको नेतृत्वमा सम्पन्न भएको थियो । ग्लोबल मल्टिकल्चरका अध्यक्क्ष लक्ष्मि प्रसाद बुडाथोकिले नेपालमा योग, ध्यान र प्राणायम तथा धार्मिक पर्यटनको ठूलो महत्व भएको र यो नेपाल र नेपालीको भविष्यसँग जोडिएको बताउनु भएको थियो । दुप्चेश्वरका अध्यक्षले प्रशिक्षणको लागी गएको टोलिलाई दुप्चेश्वर मन्दिर घुमाएर त्यसको महत्वकोवारेमा जानकारी गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया