सुनसरी – प्रहरीले सुनसरीबाट १२३ किलो ३९ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ का ३१ वर्षीय धनबहादुर भण्डारी रहेका छन्।

अस्थायी प्रहरी पोस्ट रेल्वे धरानबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई आइतबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

भण्डारी प्रदेश १-०२-००२ ह. १६५५ नम्बरको टेम्पोका चालक हुन्। रोक्न खोज्दा भागेपछि प्रहरीले टेम्पोलाई पछ्याउँदै धरान-१७ कै जंगलछेउ पुगेर नियन्त्रणमा लिएको थियो।

टेम्पोको तलासी लिँदा सात वटा बोरामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। भण्डारीलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ।

तपाईको प्रतिक्रिया