- रोशन पोखरेल विराटनगर

विराटनगर– मोरङको कानेपोखरी बजारस्थित एउटा होटलमा शुक्रबार विहान करिव ४३ वर्षीय पुरुष मृत फेला परेका छन्। कानेपोखरी गाउँपालिका–७ मा रहेको वान्तवा होटलमा मृत फेला परेका पुरुषको पहिचान खुलिसकेको छैन।

मृत फेला परेका पुरुष केही समयदेखि कानेपोखरी क्षेत्रमा काम गर्ने गरेको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। उनको पहिचानको प्रयास भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

होटल सञ्चालक डिल्लीशेर राईका अनुसार बिहीबार बेलुका आएर होटलमा सुतेका ती ब्यक्ति शुक्रबार बिहान करिव साढे ५ बजे सुतेकै अवस्थामा मृत फेला परेका हुन।

डीएसपी मोहनविक्रम दाहालका अनुसार शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा पठाईएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया