काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुग्नुभएको छ ।

बेइजिङस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभयो ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हाे ।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले आफ्ना चिनियाँ समकक्षी लीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष झाओ लेजीले भेट गर्नुहुनेलगायतकाे कार्यतालिका छ ।

प्रधानमन्त्री ओली मङ्सिर २० गते स्वदेश फर्किनुहुने छ ।

तपाईको प्रतिक्रिया