विराटनगर / विराट टिचिङ अस्पताल बुढीगंगामा श्रीमतीलाई उपचार गराउन आएका संखुवासभाको पाँचखापन गाउँपालिका ५ का ५६ वर्षीय कृष्णबहादुर तामाङको २७ कार्तिकमा १ लाख १० हजार रुपैयाँ चोरी गरी पक्राउ परेका गिरोहका समूह फरार भए ।

पक्राउ परेका मध्ये पीडित तामाङ्गसँग अशोक तामाङ्गले आफन्त भन्दै चिनजान गरेका थिए । पछि उनले रकम चोरेर फरार भए । आफन्त भएको नाता लगाएर उनीहरुले रकम लुटेपछि कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय सुनसरीसँग समन्वय गरेर मोरङ प्रहरीले ठगीमा संलग्न तामाङलाई पक्राउ गर्यो । त्यसपछि सर्वसाधरणलाई ठगी गर्दै फरार हुने गिरोहको संजाललाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

राम्रा पोशाकमा सजिएका उनीहरुले पछिल्लो समय विराट टिचिङमा घटाएको घटना सिसी टिभी फुटेजका आधारमा प्राविधिक विश्लेषण गरेर पत्ता लगाइएको थियो । उनीहरुको गिरोहलाई प्रहरीले अशोक तामाङ लुटपाट गिरोहको रुपमा खोजतलास गरेको थियो । सुनसरीको इटहरीमा रहेको खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी उपरीक्षक चिमरियाका अनुसार उनीहरुको अपराध कार्यविधी समेत फरक देखिएको छ । बुद्धबुद्धासँग नजिक हुने र उनीहरुले लगाएको गहना तथा पैसा चोर्ने मात्रै नभई नक्कली सुन जस्तो वस्तु देखाएर नगद समेत मागि फरार हुने गरेको देखिएको हो । पक्राउ परेकाहरु विरुद्ध मुलुकी अपराध संहिताको परिच्छेद २१ को दफा २४९ अन्तर्गत ठगी गर्न नहुने कसुरमा जिल्ला अदालत मोरङबाट म्याद थप भएर अनुसन्धान सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया