काठमाण्डौ । बाध्यत र बिवस्ताको भुमरीमा परेर कयौं नेपालीहरु पर्देशिरहेका छन् । स्वदेशमा नै युवास्वरोजगारको सुव्यवस्था हुने हो भने यस्ता क्षेणबाट धेरै नेपालीहरु बन्चित हुने थिए होलान् । यस भावमा रुपक राना मगरले आफ्नो पछिल्लो प्रस्तुति “परदेश जाने रोग” बोलको गीत भर्खरै सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि “मकै भटमास” बोलको गीत सार्वजनिक गरिसकेका छन् ।
नेपाली माटो र नेपाली गीत संगीतको सुगन्धलाई कहिल्यै आफ्नो मनबाट टाढा राख्न सनासाकने रुपक अहिले कुबेतमा रहेका छन् । केहि समय अगाडी नेपाल आउँदाको बखत तयार पारिएको यस गीत उनकै वास्तविक जीवन भोगाई होला कि भन्ने पनि अड्कल काट्न सकिन्छ । यो मात्र नभै यस्ता घटना कयौं नेपालीहरुले भोगिरहेका छन् ।
इन्द्र मगर युट्युब च्यानल मार्फत बजारमा आएको यस गीतलाई लय रुपक राना मगरले नै तयार परेका हुने भने शब्द इन्द्र मगरको रहेको छ । गायक तथा सर्जक इन्द्र पनि नेपाली लोकम दोहोरी गीत संगीतका ख्याती प्राप्त कलाकार हुन् । “परदेश जाने रोग” बोलको गीतमा रुपक राना मगर र शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई संगीत संयोजन कृष्ण लामिछानेले गरेका हुन् ।
गीतको म्युजिक भिडियो पनि निकै मर्मस्पर्सी बनेको छ । निरेन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा रुपक राना मगर, ललिता खड्का र रीतिमा राना मगरको जीवन्त अभिनय देख्ना सकिन्छ । भिडियोलाई छायांकन चक्र बि बरालले गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।