काठमाण्डौ । युवा व्यवसायी कुमार सुनेल र गोकुल ढकालले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “ए है डल्ली” भर्खरै सार्वजनिक गरेका छन् । उनीहरु द्वयले आफ्नो व्यवसायको बजार प्रबर्धनका निमित्त पनि गीत संगीत भित्र शब्द भाव बुन्ने गर्दछन् । फलस्वरुप् कुटीकटेज जाउँ, च्वास्स झोल म म ले चर्चा पाउनुको साथै गीतबाट आफ्नो व्यवसायमा भएको बिज्ञापनले थप यस क्षेत्रमा लाग्न उत्साह मिलेको उनीहरु बताउँछन् ।
यस पटकको गीतमा भने नितान्त मायाँ प्रेमका भाव समाबेश गरिएको छ । गीत सुन्दा र हेर्दा जो कोहीलाई आफ्नै गाउँवस्ती र कुना कन्दरामा कुनै जात्रामात्रा र बिशेष समारोहमा सामेल भएको महसुस हुन्छ । “ए है डल्ली” बोलको गीतलाई लय गोकुल ढकालले भरेका हुन् भने शब्द दिनेश श्रेष्ठको रहेको छ । कृष्ण लामिछानेको संगीत संयोजनमा तयार भएको गीतमा सानु के सी, दिनेश श्रेष्ठ, अनुजा पुडासैनी र सबिता ढुंगानाको स्वर सुन्न सकिन्छ ।
कुमार सुनेल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा कुमार सुनेल, रञ्जन चौलागाईं खैराते, गोकुल ढकाल, दिनेश श्रेष्ठ, रामकुमार खतिवडा, बिनोद गोतामे, सरु दाहाल, अन्जु श्रेष्ठ, सम्झना श्रेष्ठ, सुबाश अधिकारी र श्रीजन पण्डितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन चक्र बहादुर बराल र सम्पादन बिष्णु खड्काले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।