काठमाण्डौ । सिन्धुपाल्चोक जिल्ला जिल्ला जुगल गाउँपालिका ४ गोल्चीमा जन्मिएका कलाकार देव श्रेष्ठले एकपछि अर्को गर्दै निकै उत्कृष्ट लोक दोहोरी गीत बजारमा ल्याइरहेका छन् । उनको पछिल्लो प्रस्तुति “माहुरी चिनीमा” हो । देवले यस भन्दा पहिले जाउँ त भने बाटैमा खोला, बोलको गीत बजारमा ल्याएका थिए । उक्त गीतलाई टिकटकमा अत्याधिक प्रयोग गरिएको थियो । साथै युट्युबमा पनि अशंख्य दर्शकहरुले रुचाएका थिए । हरेक संचारमाध्यममा पनि जाउँ त भने बाटैमा खोला, बोलको गीतले राम्रो स्थान पाएको थियो ।
सोहि गीताको चौतर्फी सफलतापछी उनले “माहुरी चिनीमा” बोलको गीत सार्वजनिक गरेका हुन् । निकै रोमान्चक ढङ्गबाट तयार गरिएको गीतमा आफ्नो छुट्टै पहिचान बनाएका गायक तथा सर्जक किरण गौतमले लय तथा शब्द सृजना भरेका छन् भने स्वर देव श्रेष्ठ र रचना रिमालको सुन्न सकिन्छ । गीतमा एकअर्का प्रतिको प्रगाड प्रेमभाव समाबेश गरिएको छ ।
बिश्वास नेपालको संगीत संयोजनमा तयार भएको माथि उल्लेखित गीतको म्युजिक भिडियोमा बिना राउत देबेन्द्र सोनाम र सन्ध्या सापकोटाको अभिनय देख्न सकिन्छ । निरेन श्रेष्ठद्वारा निर्देशित भिडियोलाई छायांकन चक्र बहादुर बरालले गरेका हुन् भने सम्पादन बिष्णु खड्काले गरेका छन् । “माहुरी चिनीमा” बोलको गीतको म्युजिक भिडियोलाई किरण गौतम युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो हेर्न यहँ क्लिक गर्नु होला ।