काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।
शनिबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
बैठकमा स्थानीय उपनिर्वाचनको तयारीबारे छलफल हुनेछ।
स्थानीय तहका रिक्त विभिन्न ४४ पदमा मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो।
एमालेले २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई भने अनुसार बागमती प्रदेशभरिका स्थानीय तहका उम्मेदवारहरु टुंगिसकेका छन्।
सचिवालय बैठकमा बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।