भिजिट भिसामा कुबेत जान लागेका युवतीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ ।

विमानस्थलस्थित अध्यागमन कार्यालयले २२ जना युवतीलाई आज फिर्ता पठाएको हो । मानव तस्करीको आशंकामा उनीहरुलाई कुवेत जान नदिएको कार्यालयले जनाएको छ ।

अध्यागमन प्रमुख तीर्थराज भट्टराईका अनुसार उनीहरुसँग एकातिरको भिसा र अर्कोतिरको बोर्डिङ पास थियो । भिजिट भिसामा जान लागेका उनीहरुसँग फर्किने टिकट पनि नभएको उनले बताए ।

‘उनीहरुसँग युएईको भिसा र कुबेतको बोर्डिङ पास थियो । फेरि भिजिट भिसामा दुईतर्फी टिकट चाहिन्छ । होटल बुकिङ्ग गरेको प्रमाण पनि नभएपछि हामीले उनीहरुलाई फिर्ता पठाएका हौं’, भट्टराईले भने ।

ती युवतीहरु हिजो राति हिमालयन एअरलाइन्सको विमानमार्फत कुवेत जाँदै थिए ।

तपाईको प्रतिक्रिया