विराटनगर । साविक विजेता सूद्रपश्चिम प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइ वाइ पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

सूद्रले बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको फाइनल खेलमा लुम्विनी प्रदेशलाई ८ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो । यस अघि २०२२ मा त्रियू क्रिकेट मैदानमा भएको फाइनल खेलमा सूदुरले लुम्विनीलाई नै पराजित गरि उपाधि जितेको थियो । उपाधि जितेको सूदुरले नगद २ लाख तथा ट्रफि तथा उपविजेता लुम्विनीले १ लाख तथा ट्रफि हात पारे ।

टस जितेर ब्याटिङ गरेको गरेको सूदुरले ले निर्धारित ५० ओभरको खेलमा ३७ दहमलव ३ बलमा सवै विकेट गुमाई १ सय २७ रनको योगफल बनायो । सूदुरकालागि अविशेक थापाले २९ रन बनाउँदा नरेन भट्टले २७ रन, नरेन राउदले १५ रन, राजेश एयेर १४ रन र दिपक रोकयाले ११ रनको योगदान दिए । लुम्विनीका सन्तोष यादवले ५ विकेट लिए । उनले १० ओभरमा २ मेटन राख्दै २८ रन दिए । त्येस्तै रमेश कुर्मीले ३ विकेट र शिव कुमार १ विकेट लिए ।

१ सय २८ रनको लक्ष्य पाएको लुम्विनीले ४३ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय १९ रन मात्र बनाउँन सक्यो । लुम्विनी आकाश त्रिपाथीले २२ रन बनाउँदा शिव कुमारले २० रन, विजय कोहरले १९ रन, समिर अलीले १८ रन र सन्तोष यादवले १२ रनको योगदान दिए । सुदुरका प्लेयर अफ द म्याच हेमन्त धामीले ४ विकेट लिँदा सचिन भट्ट र नरेन साउदले २–२ विकेट लिए ।

प्रतयोगिताको उत्कृष्ट खेलाडि लुम्विनीका सन्तोष यादव घोषित भए । यादव उत्कृष्ट बलर समेत भए । उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी घोषित भए । उत्कृष्ट खेलाडिले नगद ५० हजारका साथ ट्रफि तथा उत्कृष्ट ब्याटर र बलरले नगद २५ हजारका साथै ट्रफि हात पारे । प्लेयर अफ द म्याच सूदुरका कप्तान हेमन्त धामीले पाएको नगद ३ हजार पुरस्कार ग्राउण्ड स्टाफलाई वितरण गरे ।

विजयी तथा अन्य खेलाडिलाई कोशी प्रदेशका पूर्व मूख्यमन्त्री केदार कार्की, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डे र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद बाबुलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।

तपाईको प्रतिक्रिया