- रोशन पोखरेल विराटनगर

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी र सूदुरपश्चिम प्रदेशले विजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा ४ खेलमा लगातार विजयी हुँदै ८ अंककासाथ सूदुरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको हो । सूदुरले अव उपाधिकालागि बुधबार लुम्विनीसँग प्रतिस्पधा गर्ने छ । सूदुरले अव लिगको अन्तिम खेल कोशी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ ।

विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आइतबार भएको खेलमा सूदुरले वागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको वागमतीले र्धिारित ५० ओभरको ४१ ओभरमा सवै विकेट गु्माई १ सय १९ रन बनायो । वागमतीका रोशन विश्वकर्माले अविजित ५६ रन बनाउँदा उत्तम मगरले २५ रनको योगदान दिए । सूदुरका यूवराज खत्रीले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ५१ रन दिए । उनी खेलको प्लेयर अफ द म्याच समेत भए ।

१ सय ३० रनको विजयी लक्ष्य पाएको सूदुरले २८ दशमलव ५ बलमा ५ विकेट गुमाउँदै पार गरेको थियो । सूदुरका प्रकाश पाण्डे अविजित ५२ रन बनाउँदा नरेश भट्टले ३८ रनको योगदान दिए । वागमतीका दिपक सेरलाले सर्वाधिक २ विकेट लिए । सूदुरले खेलेको ५ खेलमा ४ मा जित निकाल्दै ८ अंकका साथ दास्रो स्थानमा रहेर फाइनलको यात्रा तय गरेको छ भने वागमतीले खेलेको ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अंकका साथमा चौथो स्थानमा रहेको छ ।

आजै बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई २ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३८ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय १ रनको योगफल बनायो । कर्णालीका अरविन्द्य खत्रीले सर्वाधिक ४६ रन बनाए । गण्डकी प्लेयर अफ द म्याच अपराजित पौडेलले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै १९ रन दिए ।

१ सय २ रनको लक्ष्य पाएको गण्डकीले २६ दशमलव १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य भट्टाएको छ । गण्डकीका रोहित अन्दले २२ रन बनाउँदा सिब्रिन श्रेष्ठले १९ रनको योगदान दिए । कर्णालीका युनिष ठकुरीले ४ विकेट लिँदा अनुज चनराले २ विकेट लिए । गण्डकीले सवै ६ खेल खैल्दा ३ मा जित हात पार्दै तेस्रो स्थानमा रहेर प्रतियोतिाबाट बाहिरिएको छ भने कर्णालीले खेलेको ५ खेलमै पराजित भई लिगको पुछारमा रहेको छ ।

सोमबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कर्णाली र मधेश प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र सूदुर प्रदेशबीच खेल हुनेछ ।

तपाईको प्रतिक्रिया