आज ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्रान्ड फिनाले हुने भएको छ । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीले संयुक्त रुपमा आयोजना गरेको यस प्रतियोगिताको फाइनलमा ५५ जना बालप्रतिभा फाईनलमा पुगेका छन् । यी प्रतिष्पर्धीहरुबाट आज ग्राण्ड फिनाले कार्यक्रम मार्फत विजेता घोषित हुनेछ ।
इटहरीमा अवस्थित लायन्स क्लबको सभाहलमा बेलुका ५ बजेदेखी फाइनल प्रतिस्पर्धा कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । २ चरणमा भएको यो प्रतियोगिताको अडिसनमा ८० र ५० जना बालप्रतिभाको सहभागिताबाट यो छनोट गरिएको थियो ।
प्रशिक्षकहरुले प्रतियोगीहरूलाई र्याम्प वाल्क, व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमता र योगाको प्रशिक्षण तालिम अवधिमा दिइएको छ । आज ग्राण्ड फिनालेबाट ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ३ विधामा विजेता घोषणा गरिनेछ । जसमा हरेक विजेतालाई ३०/३० हजार नगदसहित आकर्षक पुरस्कार र विशेष सबटाइटल प्रदान गरिने आयोजकले जनाएको छ ।