कार्तिक १० अर्थात भोली विराटनगरको मेनरोड स्थित जैन भवनमा लाइभ इन्टरटेनमेन्ट द्वारा आयोजित हुने तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलको तयारी पुरा भएको छ । बिराटनगरमा यो फेस्टिवल अन्य समयको भन्दा फरक र ग्रान्ड हुँदैछ । अन्तर्राष्ट्रिय स्तरको डिजाइन गरिएको मन्चमा उत्कृष्ट साउण्ड सिस्टम जडान गरेर चिर्चित गायकहरुले सांगीतिक प्रस्तुती दिदैछन् ।

भोली दिउँसो ३ बजे बाट सुरु हुने कार्यक्रममको स्टेज र साउन्ट सिस्टम जडानको काम पुरा भइसकेको कार्यक्रम संयोजक सन्तोष महत (स्यान्ट्रो) ले जानकारी दिए ।

संगीतप्रेमी दर्शक महानुभवाहरुलाई छुट्टै सांगीतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्य रहेको र त्यसको लागि अन्तर्राष्ट्रिय स्तरको साउण्ड सिस्टम र मन्च तयार पारिएको छ । अहिले जडान गरेको साउन्ड सिस्टमले संगीतिप्रेमी दर्शकहरुलाई छुट्टै मनोरञ्जन लिनेछन् । त्यसको लागि हामीले अहिलेका युवा पुस्ताहरुको ढुकढुकीमा बस्न सफल ब्याण्ड र गायकहरु ल्याएको उनले भने ।

म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्ड स्वप्न सुमन र एस्टर्स पूर्ण राई मुख्य आकर्षण छ । उनीहरुको दमकेदार प्रस्तुती हुनेछ । कार्यक्रममा फुट स्टल पनि रहनेछ । विराटनगरमा हुने यो फस्टिबल एक मात्र ठूलो सांगीगितक कार्यक्रम हुने अनुमान गरिएको छ । म्यूजिक फेस्टिबलमा स्थानीय कलाकाराहरुको पनि प्रस्तुती हुनेछ ।

तपाईको प्रतिक्रिया