विराटनगर । विराटनगर महानगरपालिका-१ पोखरिया बोधिमार्ग बस्ने एक व्यक्तिको लाखौं मूल्य बराबरको सुनका गरगहना सिटि रिक्सामा छुटेको थियो । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले उक्त सिटि सफारीवालाको सहयोगमा सुन फेलापारी धनीलाई फिर्ता गरेको छ।

मोरङ जिल्ला ट्राफिक प्रमुख राजन लम्सालका अनुसार विराटनगर-१ का गणेश श्रेष्ठले आईतबार विराटनगर बजारबाट तीन लाख ३८ हजार रुपैयाँ मूल्य बराबरको सुनका गरगहना किनमेल गरी घर फर्कने क्रममा सिटि रिक्सामा छुटाएका थिए । श्रेष्ठले गरगहना हराएको जानकारी दिए लगत्तै ट्राफिक प्रहरीले सिटि रिक्सा चालकसँग समन्वय गरी गरगहनाको खोजी कार्य सुरु गरेको थियो। केही घण्टाको प्रयासपछि प्रहरीले सिटि रिक्सा चालकको सम्पर्कमा पुग्न सफल भएको र उक्त गरगहना बरामद गरी सकुशल धनी श्रेष्ठलाई फिर्ता गरेको जिल्ला ट्राफिक प्रमुख लम्सालले बताए। ट्राफिक प्रहरीले विभिन्न समयमा यसरी सामान, नगद, हराएको वस्तु फेला पारी सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउने गरेको छ । प्रमुख लम्सालले भने यदि सफारी चालकले जस्तै सबैले इमान्दारीदताका साथ सहयोग गर्ने हो भने हरााएको वस्तु सहजै फेला पार्न सकिन्छ ।

सिटिवालाहरुले पनि यदि कसैको सामान सिटिमा छुटे ट्राफिक प्रहरीलाई जानकारी गरी सहयोग गरिरहेको लम्सालको भनाई छ ।

तपाईको प्रतिक्रिया