काठमाडौँ । नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईंको एक्लै बोलको गीतको भिडियो रिलिज गरिएसँगै राम्रो चर्चा पाइएको छ । सार्वजनिक गीतमा अविनाश एसी र गायिका सज्जा स्वयमको शब्द तथा कम्पोज रहेको छ । भिडियोमा प्रेमी बिनाको एक्लो पनाको मर्मस्पर्शी विरहको गाथालार्य नजिकबाट केलाइएको छ । जब आँफुलार्य माया गर्ने मायालुले छाडेर जाँदाको पिडालाई भिडियोले बयान गरेको छ । भिडियोमा सज्जाले तिमी बिना एक्लै बाँच्न सक्दिन भनेर आफ्नो प्राण भन्दा प्यारो मान्छेलार्य पटक पटक सम्झिरहेको दृश्यले दर्शकको मन छुन्छ । सन्जीतत जीको निर्देशनमा तयार भएको भिडियोमा सज्जा स्वयम फिचर्ड छिन् ।

प्रेम , विरहले भरिएको भिडियोको छायांकन सम्पादन र कलर निर्देशक घिसिगंले नै गरेका हुन् । सज्जा चौलागाई अफिसियल युट्युबबाट बजारमा आएको एक्लोको कन्सेप्ट नै गायिका स्वयमको हो । गायिका सज्जा चौलागाईले यसअघि ‘बालिका’ बोलको गीतको भिडियो पनि ल्याएकी थिइन् । जसमा गीतकार कैलाश घिमिरेको शब्द तथा संगीतकार श्रीकन्त सोनवानेको संगीत रहेको छ। युवा निर्देशक अनुप चापागाईको निर्देशनमा तयार भएको भिडियो नारी शक्तिमा आधारित छ । भिडियेमा समाजमा हुने विभेद शोषण लगायतका विषय बस्तुहरुलाई निर्देशक अनुपले कलात्मक शैलीमा देखाएका छन् । जहाँ एउटी नारीले आफ्नो अधिकार लिनका लागि गर्नु परेको संघर्षलाई नजिकबाट देखाइएको छ । भिडियोमा मुख्य रुपमा मोना घिमिरेको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया