काठमाण्डौ । बिगतका धेरै बर्षयता नेपाली मौलिक लोक संस्कृतिको जगेनार्थ आफ्नो बौद्धिकता प्रस्तुत गरिरहेका लोकप्रिय सर्जक शम्भु नेपालको शब्दमा भर्खरै मात्र किरण गौतम युट्युब च्यानल मार्फत “तामाकोशी सुस्तायो सुस्तै” बोलको गीत सार्वजनिक भएको छ । स्थायी घर नुवाकोट भएका उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरुमा लय तथा शब्द भरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । कयौं त्याग र तपस्या बाट अहिले शम्भु व्यावसायिक सर्जक बनेका छन् ।

उनकै शब्द द्वारा सजिएको “तामाकोशी सुस्तायो सुस्तै” बोलको गीत प्रमिला तामाङ्ग घलान र प्रदिप परियारको प्रस्तुतिमा सार्वजनिक भएको हो । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा केहि गर्छु भनेर अगाडी बढेका प्रमिला र प्रदिपले पनि श्रोता तथा दर्शकहरुले यस गीतलाई मनपराइदिनु भएमा आगामी दिनमा थप उत्कृष्ट गीत बजारमा ल्याउने प्रण गरेका छन् ।

गीतमा प्रदिप परियार र प्रमिला तामाङ्ग घलानको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय भने गायक स्वयम् प्रदिपले नै भरेका छन् । सुन्दै नाचौं नाचौं लाग्ने स्वादको गीतको म्युजिक भिडियोमा सरद एल जी र अश्मिता रोकाको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन सुनिल भण्डारी र सम्पादन बिष्णु खड्काले गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया