विराटनगरको आरोहण गुरुकुलमा शनिबारदेखि विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण शुरु भएको छ ।

आरोहण गुरुकुल विराटनगरको आयोजनामा शुरु भएको महोत्सवमा पहिलो दिन विप्लव ढकालको लेखन तथा सविन भट्टराईको निर्देशनमा तयार भएको ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गरेको थियो ।

आज देखि विद्यालयहरुहरुको नाटक मञ्चन शुरु हुनेछ । भदौ ३१ गतेसम्म हुने बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरुले दैनिक एउटा नाटक मञ्चन गर्नेछन् ।

नाटकमा गुरुकुलका कलाकारहरुको अभिनय रहेको थियो । भरत कार्की, विकास पराजुली, उद्धव सापकोटा, प्रदिप दाहाल, दिक्षा चौधरी, अमिसा वाग्ले, निशान चौहान राई लगायतले अभिनय गरेका थिए ।

आइतबार ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलले बुद्धिमानी आमा मञ्चन गर्नेछ । त्यसपछि क्रमशः दिल्ली पब्लिक स्कुलले छिमेकी, आदर्श माध्यमिक विद्यालयले भविष्य निर्माण, ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले रङ, पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले एक पटक बोलेको एक रुपियाँ मञ्चन गर्नेछ । यस्तै नमुना विद्या मन्दिरले जिम्मेवारी कसको ?, मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुलले स्मार्ट बन्द, सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’ र अन्तिम श्री एकता सेकेण्डरी स्कुलले साबित्रीको बाख्रो मञ्चन गर्नेछ ।

महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया