नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।

यसअघि मंगलबार बस्ने गरी सचिवालय बैठक बोलाइएको थियो । तर, अध्यक्ष केपी शर्मा ओलीलाई दाँत दुख्ने समस्याले सताएपछि बैठक स्थगित भएको थियो ।

आज बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । त्यस्तै नेताहरूको नयाँ जिम्मेवारी तोक्ने र सरकारमा सहभागी हुने मन्त्रीहरूका सम्बन्धमा मापदण्ड बनाउने विषयमा पनि निर्णय हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया