काठमाण्डौ । बिशेष गरेर प्रत्यक्ष दोहोरीमा अब्बल गायिका सन्जु लामाले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “चौबन्दीको तुना” बोलको गीत ल्याएकी छिन् । उनले हिरा भन्दा कम अरे, मखमली गुंगेरी, दशैँ यर्जी तिहार खर्जी, ल्हाेछार खजी लगायत थुप्रै गीत बजारमा ल्याइसकेकी छिन् ।

यसपटक भर्खरै सार्वजनिक भएको गीतलाई लय बिनोद ढकालले तयार परेका हुन् भने शब्द कृष्ण राई बिन्दाशको रहेको छ । सन्जु लामा अफिसिएल  युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा सन्जु लामा र आइत ग्रम्बाको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीत जति बिठासपूर्ण छ त्यतिनै यस गीतको म्युजिक भिडियोलाई पनि आकर्षण प्रदान गर्ने कोसिश गरिएको छ । “चौबन्दीको तुना” बोलको गीतको म्युजिक भिडियोमा उमेश राई फुलन्देकी आमा, सन्जु लामा, ऋतु तामाङ्ग, आइत ग्रम्बा लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया