काठमाडौं । जापानमा २ महिने “लेक हामाना हानाहाको पुष्प मेला २०२४ सम्पन्न भएको छ । ५६ हजार हेक्टर जमिनले ओगटेको नेवाः (नेवार) बगैँचामा मेला भएको हो । बगैंचालाई चारैतर्फबाट उत्तिकै क्षेत्रफल भएको तालले घेरिएको छ । निकै मनमोहक र सफा पानी देखिने यस तालले हामाना हानाहाको पुष्प मेलालाई समेत सुन्दर देखाएको थियो । लेक हामाना हानाहाको पुष्प मेला २०२४ नेवाः बगैंचाका व्यवस्थापक ३४ वर्षदेखि जापान बस्दै आएका प्रोफेसर नरेश महर्जन हुन् । उनी शुजुओका अञ्चलका अम्बेस्डर पनि हुन् । “लेक हामाना हानाहाको पुष्प मेला २०२४“ नेवाः बगैंचाको लागि भूमिस्पर्श बुद्ध र नाट्य गणेश नेपालबाट ल्याएको हो, महर्जनले भने । नेवाः बगैंचामा नेपाली फूलहरु रोप्नको लागि नेपाली फूलहरुको जानकारी दिन निकै समयदेखि आफू लागिपरेका उनले जनाए । आफ्नो देश नेपालको नाम चिनाउन, बुद्ध जन्मेको देश नेपाल हो भन्ने जानकारी दिन कार्यक्रम गरेको महर्जनले बताए । पूर्ण रूपमा विगत १ बर्षदेखि नै यो लेक हामाना हानाहाको पुष्प मेला २०२४ को निम्ति भोलिन्टियर रुपमा काम गर्दै आएको उनले बताए । “लेक हामाना हानाहाको पुष्प मेला २०२४“ को लागि विभिन्न नेवाः सांस्कृतिक कार्यक्रमहरु पनि भएको जनाइयो । शुभारम्भ भएको दिनमा स्वयं महर्जनले लाखे प्याखं प्रस्तुति दिएका थिए । उनकै भाइ दीलिप महर्जनले धिमे बजाएर प्रस्तुति गरेका थिए । जापानमै बस्दै आएका राम महर्जनले बाँसुरी बजाएर प्रस्तुति दिएका थिए । त्यसैगरी नेपालबाट साहित्यकार रीता महर्जन “ऋतु“ र कलाकार सलिना अवालेले पनि यस “लेक हामाना हानाहाको पुष्प मेला २०२४“ मा आ–आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । कलाकार सलिना महर्जनले बारम्बार धिमे प्याखं नाचेर दर्शकहरूको मात्र होइन, आमन्त्रित विशिष्ट पाहुनाहरुको समेत स्याबासी पाएकी थिइन् । साहित्यकार रीता महर्जन “ऋतु“ र महर्जनको युगल नाचले पनि सबैको मन जितेको थियो । साहित्यकार रीता महर्जन “ऋतु“ र कलाकार सलिना अवाले आमाछोरी हुन् । आफ्नो देश, आफ्नो भाषा, आफ्नो पहिचानको निम्ति सदा अग्रसर भई नेपालको नाम उँचो राखिराख्ने महर्जनले टेलिफोनमा बताए ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
सरस्वती माविद्वारा पूर्वप्रधानाध्यापक र शिक्षकहरु सम्मानित
विराटनगर÷ विराटनगर–९ स्थित सरस्वती माविले पूर्वप्रधानाध्यापकसहित विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । ८२ औं ...
अष्ट्रेलियाका खेलाडीलाई धकेलेपछि विराट कोहलीलाई जरिमाना
काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भारतीय ब्याटर विराट कोहलीलाई म्याच फिको २० प्रतिशत जरिमाना लगाए...
पौष १२ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । कृषि...
सरकारको एक्लो प्रयासले विपद्को जोखिम न्यूनीकरण गर्न सम्भव हुँदैन् : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण गर्न सरकारको एक्लो प्रयासले सम्भव नहुने बताउनुभएको छ । काठमाडौ...
मदरल्याण्डको वक्तृत्वमा आद्रता र सर्लिन प्रथम
विराटनगर÷ विराटनगरस्थित मदरल्याण्ड एकेडेमीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आद्रता निरौला प्रथम भएकी छन् । सिनिय...
पौष ११ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला...