काठमाण्डौ । लोक तथा दोहोरी गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा “सुसाइट नोट” लिएर आएका छन् । आफुले मायाँ गरेको मान्छेले धोका दिँदा भोग्नु परेको पिंडामा आधारित यस गीतलाई उनै प्रतिभावान कलाकार बद्रिले नै लेखेका हुन् । गीतमा बद्रि प्रसाद सिटौला र कोपिला तामाङ्ग वाइबाको सुमधुर स्वर सुन्न सकिन्छ ।
स्थायी घर नुवाकोट भएका बद्रि, नेपाली लोक तथा दोहोरी गीत संगीतमा लागेको धेरै भैसकेको छ । यो समयसम्म आइपुग्दा उनले दर्जनौं गीत बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । रोमान्चक गीत संगीतको स्वादबाट यस क्षेत्रमा प्रबेश गरेका बद्रिको पछिल्ला गीतहरु वियोगान्त हुने गरेको छ । आफुले भोगेका कथा भन्दा पनि स्रोता तथा दर्शकहरुको भाव आफ्ना गीतहरुमा उन्ने गरेको उनि बताउँछन् ।
गीतको भावअनुसार नै म्युजिक भिडियो पनि निकै मर्मस्पर्सी ढङ्गले तयार पारिएको छ । भिडियोमा राजकुमार खनाल, लक्ष्मी, हिराकाजी सेन्चुरी, दिपा कार्की र अर्जुन कार्कीको जीवन्त अभिनय देख्न सकिन्छ । बद्रि लोकमाला युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई रामहरी भण्डारीले निर्देशन गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।
गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले आफ्ना अघिल्ला प्रस्तुतिलाई जसरी मायाँ गरिदिनुभयो उसै गरेर नै यस गीतलाई पनि सम्पूर्ण स्रोता तथा दर्शकहरुले मायाँ गरिदिनुहुन अनुरोध गरेका छन् ।
भिडियो हेर्नयहाँ क्लिक गर्नु होला ।