जेठ १० गतेबाट रिलिजमा आउने फिल्म ‘फर्की फर्की’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ। निर्माता कम्पनी रोहित अधिकारी फिल्म्सले बुधबार विज्ञप्ति जारी गर्दै जेठ १० मा यो फिल्म देशभित्र र बाहिर एकैसाथ प्रदर्शनमा गरिने बताएको हो।

निर्देशक सुयोग गुरुङ लिखित तथा निर्देशित यो फिल्म अमेरिकामा एकै सातामा ३०० भन्दा बढी शो र अष्ट्रेलियामा एकै सातामा ५०० भन्दा बढी शो तय भएको उल्लेख छ । अमेरिकाका धेरै सहरमा फिल्म लाग्ने अमेरिकी वितरक प्याट्रिक सुवेदीले बताए ।

नमस्ते इन्टरटेनमेन्टले खरिद गरेको यो फिल्मको अष्ट्रेलियामा हुने प्रदर्शन तालिका सार्वजनिक भइसकेको छ । अष्ट्रेलियाका १८ हलमा फिल्म लाग्ने उल्लेख छ । यो फिल्मलाई मध्यपूर्वमा रमेश ढकालले रिलिज गर्दैछन् ।

जापान, हङकङ, दक्षिण कोरिया, बेलायत, माल्टा र न्युजिल्याण्डमा पनि फिल्म लाग्ने तय छ । पछिल्लो समय नेपाली फिल्म घरेलु बजारसहित विश्वव्यापी प्रदर्शनमा आउने क्रम जारी छ । फिल्मको भारत प्रदर्शनबारे भने केही दिनमा तय हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया