काठमाण्डौ कार्तिक २१ – गायक तथा सर्जक इन्द्र मगरले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “कल्की मजुरैको” सार्बजनिक गरेका छन् । कालो बोको बोलको गीतबाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेका उनले आफ्नो संलग्नतामा अहिले सम्म नक्कले ड्राइभरले उडायो, नत्र पोइल जान्छु, मन सुमन, खरी जुका, भैगो बिर्सिदेउ, अकबरे खुर्सानी, दशैँ तिहार आयो दैलोमा लगायत गीतहरुलाई सार्बजनिक गरिसकेका छन् । इन्द्रले यी गीत मध्य कालो बोको बोलको गीतमा शब्द तर्फ जलराप्ति म्युजिक अवार्ड समेत जित्न सफल भैसकेका छन् ।

बाबा रण बहादुर मगर र आमा रण कुमारी मगरको कोखबाट धुनीबेशि ३ धादिङ रमाइलोचौर कुसुन्डेमा जन्मिएका उनि अहिले च्यासिंग टोल काठमाडौं ग्राण्डि हस्पिटलको आसपासमा बसोबास गर्दछन् । नेपाली गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन संघर्सरत इन्द्र २०५८ सालदेखि एक सवारी साधनमा ३ बर्ष सम्म सहचालकको काम गर्दथे । अहिले उनि २०६१ सालदेखि बस, ट्याक्सी ,कार , सानो टोयटा , जम्बो हाइस , (टुरिस्ट जम्बो हाइस) चलाउदै आइरहेका छन् । इन्द्रलाई मादल, ढोलक, अक्टोप्याड, किबोर्ड, ढोलक बजाउन आउँछ ।

राष्ट्रिय संगीतकर्मी सँघ धादिङको उपाध्यक्ष समेत रहेका उनले पछिल्लो समय बजारमा ल्याएका गीत “कल्की मजुरैको” मा इन्द्र मगर र माया लामाको सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतलाई लय शब्द पनि उनि स्वयम् ले भरेका छन् । निकै रोमान्चक स्वादमा तयार भएको गीतको म्युजिक भिडियोमा किरण बम्जन, नियो चाम्लिङ्ग राई लगायत कलाकारहरुको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् भने छायांकन राम के सी र सम्पादन बिष्णु खड्काले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया